सहर होना - दिव्य-प्रियंवदा काफ्ले

 | 
pic

मिठो प्रेम पल ठानियो जिन्दगी यो,

तिमी आउँदा खोलियो जिन्दगी यो।

झुटा देख्छु माया र सम्बन्ध आज,

जता धन उतै मोडियो जिन्दगी यो।

अकारण कसैको भरोसा गरेथें,

वचनबाणले घोचियो जिन्दगी यो।

निभायो कसैले दियो रात पर्दा,

उसैमा अडेको थियो जिन्दगी यो।

तलातल जगत् देख्छु नश्वर र मिथ्या,

सधैँ दिव्य हो सोचियो जिन्दगी यो।

- डा.दिव्य-प्रियंवदा काफ्ले आचार्य, काठमांडू, नेपाल